बंगलादेशमा आरक्षण विरोधीको जरा कति पुरानो छ?
barnanmedia.com · Thu Jul 18 21:38:56 UTC 2024

बंगलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलबारदेखि कम्तीमा सात जनाको मृत्यु भएको छजसमा विद्यार्थी र सर्वसाधारण पनि पर्छन् । यसबाहेक सयौं मानिस घाइते भएका छन् । यो हिंसाले सिङ्गो देशलाई आक्रान्त बनाएको छ । मंगलबार देशभरका धेरै शैक्षिक संस्थाका विद्यार्थी सडकमा उत्रिएर प्रदर्शन र नाकाबन्दी गर्न थाले । जसका कारण ढाका बाहेक राजशाही, चटगाउँ, बागुडा लगायतका धेरै सहरमा सवारी साधन चल्न ठप्प भएको छ । राष्ट्रिय राजमार्गमा पनि यस्तै अवस्था देखिएको छ ।
छातालीग र प्रहरीबीच कयौं स्थानमा हिंसात्मक झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले धेरै ठाउँमा फायरिङ गर्नुपरेको थियो । यस हिंसामा ढाकामा दुई, रंगपुरमा एक र चटगाउँमा तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सर्वोच्च अदालतको फैसला नआएसम्म सबैलाई धैर्य गर्न आग्रह गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)