ऐतिहासिक नमोबुद्ध जात्रा सुरु
ratopati.com · Tue Nov 04 18:17:00 GMT 2025

काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा मंगलबार साँझदेखि जात्रा सुरु भएको छ । जात्राअन्तर्गत मंगलबार साँझदेखि बौद्ध धर्मावलम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गर्दछन् ।
कात्तिक शुक्लपूर्णिमा तिथि अर्थात् बुधबार दिनभरसमेत बत्ती बाल्ने गरिन्छ । जात्राअन्तर्गत रातिदेखि शनिबार बिहानसम्म मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्नेको पनि उत्तिकै भीड लाग्ने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)