पारा तेक्वान्दोका घिसिङ र नेगी नगदसहित सम्मानित
baahrakhari.com · Sun May 14 17:11:00 GMT 2023
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आइतबार साउदी अरबको रियादमा सम्पन्पन वर्ड पारा तेक्वान्दो ग्रान्ड पिक्समा स्वर्ण पदक जित्न सफल खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गरेका छन् ।
सम्मान कार्यक्रमा मन्त्री लिम्बुले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल तेक्वान्दो संघले आइतबार आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा मन्त्री लिम्बुले अधिकारका लागि सबैले एक जुट भएर लड्नुपर्ने बताउँदै सत्यका लागि आफूले सधै साथ दिने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)