कोरोना महामारीमा सेनाले के गर्यो ?
baahrakhari.com · Wed Apr 14 23:58:00 GMT 2021
काठमाडौं । कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापनको सिलसिलामा सरकारले गएको वर्ष नेपाली सेनालाई महत्वपूर्ण जिम्मेवारी दियो । क्वारेन्टिन स्थापना र व्यवस्थापनमा सहयोग पुुर्याउने, आइसोलेसन सेन्टर व्यवस्थापनमा सहयोग, तेस्रो राष्ट्रबाट आएका नागरिकलाई होल्डिङ सेन्टर बनाएर व्यवस्थापन गर्नेलगायत जिम्मेवारी सेनाले पाएको थियो ।
काठमाडौं उपत्यकामा सात प्रदेशका लागि सातवटा होल्डिङ सेन्टर बनाइएको थियो । विदेशबाट आएकालाई एयरपोर्टबाट गाडीमा राखेर होल्डिङ सेन्टर पुर्याउने र त्यहाँबाट उनीहरुलाई जिल्ला–जिल्लामा पठाउने काम सेनाले गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)