मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव अस्वीकार

rajdhanidaily.com · Fri Dec 12 23:15:11 GMT 2025

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले महाधिवेशनमार्फत पदाधिकारी र केन्द्रीय सदस्यको संख्या नबढाउने भएको छ । भदौमा सम्पन्न एमालेको दोस्रो विधान सम्मेलनबाट १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था पारित भएअनुसार नै निर्वाचन हुने निर्णय सचिवालयले गरेको छ । तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका केपी शर्मा ओलीले पार्टीभित्र नेता व्यवस्थापनलाई हेर्दै पदाधिकारीसहित केन्द्रीय सदस्य बढाउन सचिवालयमा ल्याएको प्रस्ताव बैठकले अस्वीकृत गरेको हो ।

अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन भए दुई कार्यकालको प्रस्ताव राख्ने भएपछि विधान महाधिवेशनले पारित गरेकै स्वरूपमा निर्वाचन हुने सहमति भएको हो । पोखरेल समूहले प्रतिवाद गरेपछि पदाधिकारीसहित केन्द्रीय सदस्यको संख्या बढाउने ओलीको प्रस्ताव अस्वीकृत भएको सचिवालय बैठकमा सहभागी नेताले बताए । पोखरेल समूहले विधान संशोधन गर्नैपर्ने कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेरहदबन्दी ’boutमा संशोधन गर्नुपर्ने अडान राखेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)