मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ज्ञानेन्द्र मल्लले टुंग्याए खेलाडी जीवन

annapurnapost.com · Sat Aug 05 00:49:01 GMT 2023

काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सक्रिय खेलाडी जीवन टुङ्ग्याएका छन्। उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्। उनले क्रिकेटका सबै फरम्याटबाट सन्न्यासको घोषणा गरेका हुन्।

उनले राष्ट्रका लागि आफूले शतप्रतिशत दिएको र समग्रमा निकै सन्तुष्ट रहेको बताए। ‘राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रेर आफ्नो शतप्रतिशत दिन पाएँ। यो अवसरका लागि म धेरै कृतज्ञ छु। आएका कठिन परिस्थितिलाई पनि सिकाइका रुपमा लिएँ। समग्रमा भन्नु पर्दा म निकै सन्तुष्ट छु’, उनले पत्रकार सम्मेलनमा भने।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)