गाडी चिप्लेर कटेरोमा पस्दा गाई मर्यो
ekantipur.com · Wed Jan 24 16:59:35 GMT 2024
पाँचथर — पाँचथरको फालेलुङ-५ लुमाङदिनस्थित सन्दिप राईको घर नजिकै कच्ची सडकमा पिकअप गाडी चिप्लेर कटेरोमा पस्दा गाई मरेको छ ।
रोकी राखिएको मे १ च ३०६५ नम्बरको पिकअप बुधबार बिहान ९ बजेतिर चिप्लेर कटेरोभित्र पस्दा माउ गाई मरेको हो । गाडीको ठक्करबाट दुईवटा बाच्छासमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)