मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि शैक्षिक संस्था बन्द

barnanmedia.com · Thu Jul 18 21:43:33 UTC 2024

हालै बंगलादेशमा सरकारी जागिरमा आरक्षणलाई लिएर भड्किएको हिंसामा ६ जनाको मृत्यु भएपछि त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएका छन् ।विगत केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले १९७१ को मुक्ति संग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका थिए।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि लड्नेहरूलाई यहाँ युद्ध नायक भनिन्छ। देशको एक तिहाइ सरकारी जागिर यी युद्ध वीरका सन्तानका लागि आरक्षित छ ।विगत केही दिनदेखि विद्यार्थीहरुले यसको विरोधमा र्‍याली निकाल्दै आएका छन् । यो आरक्षण प्रणाली भेदभावपूर्ण रहेको बरु योग्यताका आधारमा जागिर दिनुपर्ने विद्यार्थीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)