हराउँदै धान नाच
rajdhanidaily.com · Wed Nov 30 23:45:37 GMT 2022
पाँचथर । प्रदेश–१, को विभिन्न जिल्लामा मूलरूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ । एक समय याक्थुङ (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचका रूपमा रहेको धाननाच पछिल्लो समय संकटोन्मुख अवस्थामा पुगेको हो ।
विशेषतः हिउँदको फुर्सदिलो समयमा बढी धान नाचिन्छ । याक्थुङ (लिम्बू) समाजमा विभन्न मेला, पर्व र उत्सवहरुमा साइनो सम्बन्ध नलाग्ने केटा पक्ष र केटी पक्षबीच एकापसमा हात समाई गोलो घेरा बनाएर धान नाँच्दै पालाम् (धान नाच्दा गाइने एक प्रकारको छन्दोबद्ध गीत) गाउने परम्परा छ । पल्लो गाउँ, वल्लो गाउँका युवा–युवती सामूहिक रूपमा खला (धान नाच्ने स्थान)मा भेटेर पनि धान नाच्ने चलन रहेको फिदिम–६, सिवाका ७२ वर्षीय टेकबहादुर तुम्रोकले बताए । तर, अहिले धाननाच नै हराएर जान लाग्दा दुःख लागेको तुम्रोक बताउँछन् । किरात याक्थुङ चुम्लुङ, फिदिम–६, का अध्यक्षसमेत रहेका उनले भने, ‘अहिलेका युवायुवतीले आफ्नोपन बिर्सिँदै जानु दुःखद पक्ष हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)