दस महिनामा उठ्यो तीन अर्ब ६१ करोड राजस्व
setopati.com · Tue May 19 00:30:52 GMT 2026
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व संकलन गरेको छ। यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो।
कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो। वैशाख महिनामा मात्र ४२ करोड ८५ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र संकलन भएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)