सोह्रखुट्टेका अनधिकृत संरचनामा डोजर
nayapatrikadaily.com · Thu Sep 15 00:24:00 GMT 2022
काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रमा अवैध रूपमा खडा गरिएका व्यापारिक संरचनामा डोजर चलाएको छ । डोजरसहित सोह्रखुट्टे क्षेत्र पुगेको महानगरपालिकाको नगर प्रहरीले बुधबार साना ठूला गरी करिब १५ वटा अनधिकृत संरचना भत्काएको हो ।
महानगरले यस क्षेत्रमा सोमबार दुई दिनभित्र अनधिकृत संरचना हटाउन निर्देशन दिएको थियो । तर, निर्धारित समयमा संरचना हटाउन अटेर गरेपछि महानगरले आफैँ भत्काइदिएको हो । ‘हामीले पटक–पटक अनधिकृत संरचना हटाउन निर्देशन दिएका थियौँ । तर, व्यवसायीहरूले मान्नु भएन,’ महानगरका नगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले भने, ‘अवैध संरचनाका कारण सडकमा ओहोरदोहोर गर्ने कठिन भइरहेको थियो ।’ उनका अनुसार ती संरचना बनाउनुअघि महानगरसँग कुनै अनुमति लिएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)