मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

१५ वर्षपछि एकल साँझमा पुरुषोत्तम

rajdhanidaily.com · Fri Apr 04 23:33:49 GMT 2025

पोखरा । लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने १५ वर्षपछि फेरि एकल सांगीतिक साँझमा उभिएका छन् । शुक्रबार पोखरा सभागृहमा आयोजित कार्यक्रममा उनले पुराना र नयाँ गरी चर्चित १८ गीत गाए । विभिन्न प्रसंग जोड्दै उनले गीत प्रस्तुत गरिरहँदा सभागृह हल गुञ्जायमान भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले अग्रज कलाकारको सम्मान गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरेको एकल सांगीतिक साँझ अन्तर्गत यसपालि न्यौपानेलाई अवसर दिएको हो । गत वर्ष नारायण रायमाझीको काठमाडौंमा एकल सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)