मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचनको मुखमा प्रदेश सांसदलाई बजेट

ekantipur.com · Fri Aug 19 00:57:33 GMT 2022

मोरङ,कास्की — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा गण्डकी र प्रदेश १ सरकारले सांसदमार्फत बजेट खर्चन लागेका छन् । कार्यकाल सकिन लागेका बेला अघिल्ला वर्षजस्तै ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ मार्फत बजेट दिन लागिएको हो । प्रदेश १ मा कार्यविधि बनाएर सांसदलाई योजना छनोट गर्न लगाइएको छ भने गण्डकीमा योजना बाँड्ने तयारी छ ।

प्रदेश १ का सांसदले धमाधम योजना छनोट गरेर बजेट बाँड्न थालेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रदेश सरकारले सांसदलाई १/१ करोड बजेट दिएको छ । उनीहरूले त्यही रकम विभिन्न योजनामा वितरण गरिरहेका हुन् । प्रदेश १ सरकारले साउन ३० मा मन्त्रिपरिषद्बाट निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ ल्याएर बजेट बाँड्न बाटो खुलाइदिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)