बढी धूँवा फाल्ने ११ सवारी साधन कारवाहीमा
lokaantar.com · Thu Jan 19 00:26:10 GMT 2023
काठमाडौँको बबरमहलमा बुधबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन कारबाहीमा परेका छन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने सरकारी र संस्थानका गरी जिप ४ ओटा, निजी कार २, भाडा बस २ र भाडाका माइक्रोबस ३ गरी ११ ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले बुधबार बबरमहलमा ६१ ओटा सवारी साधनलाई चेकगर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन कारवाहीमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)