मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली नोटको धन्दा : हजार दरका चार लाख ३५ हजारबराबरका नक्कली नेपाली नोटसहित दुई पक्राउ

nayapatrikadaily.com · Mon Feb 06 00:28:00 GMT 2023

सिराहाको लहानबाट प्रहरीले हजार दरका चार लाख ३५ हजार नक्कली नेपाली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ । लहान नगरपालिका– ८ स्थित पशुपति आदर्श मावि अगाडिको १ नम्बर सडकबाट नक्कली नोटसहित लहान– १९ भदैयाका ३० वर्षीय मोहम्मद ओसिन र लहान– १० का २२ वर्षीय मोहम्मद राज शेखलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट प्याक गरिएको अवस्थामा उक्त नक्कली रकमसहित दुई थान मोबाइल सेट, विभिन्न कम्पनीका सात थान सिमकार्ड र एक हजार ५५ रुपैयाँसमेत बरामद गरिएको सिरहा प्रहरकिा निमित्त प्रवक्ता इन्स्पेक्टर रामचन्द्र साहले जानकारी दिए । शनिबार साँझ पक्राउ गरिएका ओसिन र शेखलाई आइतबार सिरहा जिल्ला अदालतबाट खोटा (नक्कली) मुद्रासम्बन्धी कसुरमा पाँच दिनको म्याद लिइ लहान प्रहरीमा राखेर अनुसन्धान भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)