विजयको तेस्राे जित रोक्दै, तेह्रथुमबाट प्रतिनिधि सभामा सीता गुरुङ विजयी
Ujyaaloonline.com · Fri Nov 25 21:34:31 GMT 2022
तेह्रथुम - तेह्रथुमबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सीता गुरुङ विजयी हुनु भएको छ । नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनु भएको हो । गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत पाउनु भएको छ ।
गुरुङ २०७४ सालको संसदीय चुनावमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित हुनु भएको थियो । सुब्बा २०४८ र २०५६ को चुनावमा निर्वाचित हुनु भएको थियो । जिल्लाबाट तेस्राे पटक सांसदकाे उम्मेदवार बन्नु भएका सुब्बाको तेस्राे जित गुरुङको विजयसँगै रोकिएको छ । नेकपा एमालेकाे पकड भएकाे जिल्लाको रुपमा मानिने तेह्रथुममा यस पटक विरासत गुमाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)