एकता बहिस्कार गरेका जनार्दन, घनश्याम, विप्लव, रामकुमारीहरू मोर्चा बनाउलान् ?
barnanmedia.com · Tue Nov 04 21:59:31 GMT 2025

माओवादी र एकीकृत समाजवादीसहित नौ दल र समूह एक ठाउँमा उभिएका छन्। जेनजी आन्दोलनका कारण तत्कालीन सत्ता ढलेपछि पुराना दलहरुमाथि प्रश्न उठिरहेको र आगामी २१ फागुनमा मध्यावधि चुनाव तय भएका बेला माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), जनसमाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी लगायत कम्युनिस्ट पार्टी र समूहबीच एकता भएको मंगलबार कमलादीमा घोषणा भएको हो । चुनाव चिह्न तारा रहनेछ। नेपाली कम्युनिस्ट पार्टी रहनेगरी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितले हस्ताक्षर गरे। तर, यसरी कम्युनिस्ट पार्टी एक भइरहेका बेला दोस्रो र तेस्रो तहका नेताहरु भने अलग भएका छन्।
प्रचण्डले कमलादीमा एकता अनुमोदन गरिरहँदा नेता जनार्दन शर्मा र राम कार्की पुल्चोकमा पत्रकार सम्मेलन गर्दै थिए। उनीहरुले प्रगतिशील नेपाल नामक अभियान घोषणा गरेका छन्। जेनजी आन्दोलनको भ्रष्टाचारविरोधी माग र भावनाविपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन लागेको एकतालाई स्वीकृत गर्न नसकेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)