चालु खाता घाटा जीडीपीको साढे १०% नाघ्यो, विदेशी मुद्रा सञ्चितिमाथि दबाब
ekagaj.com · Wed May 11 17:33:45 GMT 2022
काठमाडौँ– नेपाली अर्थतन्त्रमा मूलतः तीन ठूलो समस्या देखापरेका छन् । आयात उच्च भएर चालु खाता घाटा र शोधनान्तर स्थितिमाथि दबाब छ । अर्थतन्त्रको बाह्य क्षेत्र स्थायित्वमाथि खतराको तरबार झुन्डिरहेको छ । चालु खाता घाटा नै ५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ, यो भनेको मुलुकको कुल अर्थतन्त्र (जीडीपी) को साढे १० प्रतिशतभन्दा धेरै हो ।
चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्ने प्रबल सूचक मानिन्छ । चालु खाता घाटालाई सामान्य अर्थमा बुझ्दा साउनदेखि चैतसम्म नेपाल भित्रिएको भन्दा नेपालबाट बाहिरिएको रकम ५ खर्ब १२ अर्ब अर्ब रुपैयाँले बढी छ भनेको हो । मोटामोटी साढे ४८ खर्बको हाम्रो जीडीपीसँग दाँजेर हेर्दा चालु खाता घाटा नै साढे दश प्रतिशत नाघिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)