मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड

barnanmedia.com · Tue Nov 04 22:16:31 GMT 2025

मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा महायज्ञ आयोजना गर्न लागिए पनि त्यसभन्दा अघि नै उक्त रकम जम्मा भइसकेको मानव सेवा आश्रमका अध्यक्ष रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

आश्रमका लागि विभिन्न व्यक्ति र धौलागिरिका पालिकाहरुबाट रकम प्राप्त भएको उहाँको भनाइ छ । महायज्ञबाट रु १० करोड सङ्कलन गर्ने लक्ष्य लिइएको छ । त्यसबाट तीन वर्षअघि निर्माण सुरु भएको भवन निर्माणमा रु पाँच करोड गर्ने र बाँकी रकमको अक्षयकोष स्थापना गरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)