चिनी मिल सञ्चालन हुने भएपछि किसान उखु खेतीतर्फ आकर्षित
farakdhar.com · Tue Nov 07 17:21:58 GMT 2023
बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन् ।
कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताए । ‘मिल सञ्चालकसँग समन्वय भएर नै उखु खेती सुरु गरेका छौँ,’ उनी भन्छन्,‘मिल सञ्चालन भयो भने किसानका लागि ठूलो अवसर सिर्जना हुने विश्वास छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)