राष्ट्रियसभा सिट मिलाउने दौडधुपमा खड्का-लेखक
barnanmedia.com · Mon Jan 05 23:30:54 GMT 2026

पाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीसँग चुनावी तालमेलका लागि सिट बाँडफाँटको पहल गरिरहेको छ। माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ।
तालमेलका लागि यी तीन दलबीच संवादको सुरुवात पुस दोस्रो साता रमेश लेखकले गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट सुरुमा लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग एक्लै संवाद गरे। गत शुक्रबार बिहान उनले ओलीलाई भेटेका थिए। आइतबार च्यासलमा ओली र प्रचण्डबीच पनि भेटवार्ता भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)