कांग्रेसमा महाधिवेशनका दुई तालिका
rajdhanidaily.com · Tue Nov 04 23:24:51 GMT 2025
काठमाडौं । ‘पार्टी महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयलाई लिएर सुरु नेपाली कांग्रेसको अन्तरकलह तत्काल साम्य नहुने देखिएको छ । केन्द्रीय समितिको जारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका तर्फबाट आगामी पुसमा महाधिवेशन गर्ने कार्यतालिका पेस भएको छ भने संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
जेनजी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको बहससँगै कांग्रेसमा विशेष महाधिवेशनका लागि महामन्त्रीद्वयले नै दबाब बढाउँदै आएका छन् । विशेष महाधिवेशनका पक्षमा देशभर हस्ताक्षर गरे पनि केन्द्रीय समितिमा बहुसंख्यामा रहेको संस्थापन पक्ष नियमित महाधिवेशनको अडानबाट टसमस भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)