मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘प्रचण्ड’का दुःख: दल र समूह भेला गर्दागर्दै छुटे ‘जनयुद्ध’का सारथि

rajdhanidaily.com · Tue Nov 04 23:27:40 GMT 2025

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी एकता घोषणाअघि नै विभाजित भएको छ । विभिन्न ९ दल र समूहबीच बुधबार (आज) पार्टी एकता घोषणा हु“दै छ । पार्टी एकता घोषणा हुनु एक दिनअघि मंगलबार माओवादी विभाजित भएको हो । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मासहितका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । शर्मासँगै पूर्वसचिव राम कार्कीसहितका नेताले समेत माओवादी परित्याग गर्दै प्रगतिशिल अभियान सञ्चालन गर्ने जनाएका छन् ।

पु ष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा भएको १० वर्षे माओवादी शसस्त्र विद्रोह (जसलाई माओवादीले जनयुद्ध भनेर दाबी गर्छ)का ४ जना डेपुटी कमाण्डरमध्येका शर्मा एक हुन् । द्वन्द्वकालदेखि शान्तिकाल हु ँदै संसदीय अभ्याससम्ममा साथ दिएका जनार्दन पहिलोपटक प्रचण्डसँग राजनीतिक रूपमा अलग भएका हुन् । शर्माले माओवादी केन्द्रका स ं योजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको नीतिमा लम्पसार परेको गम्भीर आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)