मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगलागीका घटनामा बढोत्तरी

ratopati.com · Tue Nov 04 23:31:00 GMT 2025

काठमाडौँ । सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् ।

प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर कूल १८ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार कूल रु ११ लाख ० हजार एक सय बराबरको क्षति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)