ओमान आक्रमणमा तीन भारतीयको मृत्यु
barnanmedia.com · Thu Jun 11 20:15:01 GMT 2026

ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायात मन्त्री सर्वानन्द सोनोवालले पुष्टि गर्नुभएको छ । उक्त घटनाले भारतीय चालक दलको सुरक्षाबारे गम्भीर चिन्ता थपिएको छ ।
मन्त्री सोनोवालका अनुसार पलाउको झण्डा बोकेको एमटी सेटेबेलो नामक जहाजमा भएको आक्रमणपछि बेपत्ता भनिएका तीन भारतीय नाविकलाई पछि मृत अवस्थामा फेला पारिएको हो । उहाँले विज्ञप्तिमा उक्त घटनालाई अत्यन्त दुर्भाग्यपूर्ण र पीडादायी बताउँदै मृत्युको औपचारिक पुष्टि गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)