नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न, ईडेन प्रथम
rajdhanidaily.com · Tue Nov 04 23:41:18 GMT 2025

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ऋतम्भरा पाठशाला स्कुलद्वारा आयोजित एकल गायन प्रतियोगितिमा ईडेन गार्डेन स्कुलका श्रीजय महतले माध्यमिक तहतर्फ र ईडेन गार्डेन स्कुल कै श्रीया न्यौपानेले आधारभूत तहतर्फ प्रथम स्थान हाँसिल गरेका थिए !
नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिताको आधारभूत तहतर्फ द्धितीय स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तृतीय स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का र सान्त्वना स्थान सेन्ट जोन स्कुलकी अनिशा धमलाले प्राप्त गरेका थिए । त्यसै गरी माध्यमिक तहतर्फ मदरल्याण्ड स्कुलकी ईशिका खड्काले द्धितीय स्थान, संस्कार गुरूकूलकी विदूशी ढकालले तृतीय स्थान र विमल मेमोरियल विद्यापीठकी अणु वादीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)