वनबारीलालको स्मृतिग्रन्थ सार्वजनिक
ekantipur.com · Tue Jul 25 17:07:13 GMT 2023
काठमाडौँ — आठ दशक लामो जीवनकालमा उद्यमी, परोपकारी, समाजसेवी, पर्यटन अभियन्ताको परिचय बनाएका वनबारीलाल मित्तलको जीवनीमा आधारित ‘वनबारीलाल मित्तल : एक प्रेरणा पुरुष’ नामक स्मृतिग्रन्थ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्ययाधीश खिलराज रेग्मीले मित्तलको स्मृतिग्रन्थको विमोचन गरेका हुन् । वनबारीलाल स्मृतिग्रन्थ प्रकाशन समितिले प्रकाशित गरेको ग्रन्थमा उनीसँग साथसंगत गरेका १ सय ४७ व्यक्तिका लेख छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)