एसियाली खेलकुदमा चीनको अग्रता, कोरियालाई पछि पार्दै दोस्रोमा उक्लियो जापान
farakdhar.com · Fri Sep 29 17:09:34 GMT 2023
एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । १ सय ५ स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ ।
गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा उक्लन सफल भएको छ । जापानले २७ स्वर्ण, ३५ रजत र ३७ वटा कास्य पदक जितेको छ भने तेस्रो स्थानमा खुम्चिएको दक्षिण कोरियाले २६ स्वर्ण, २८ रजत र ४८ कास्य गरी एक सय दुई पदक जितेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)