सुजन बागले जिब्रो छेडाउँदै
ekantipur.com · Sat Apr 08 16:47:04 GMT 2023
भक्तपुर — मध्यपुर थिमि नगरपालिका–८ बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिने भएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमि बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । यसअघि उनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाइसकेका छन् भने, यस वर्ष सुजनले छेडाउन लागेका हुन् ।
दुई दशकभन्दा बढी जिब्रो छेड्ने जात्राको परम्परा सुजनकै परिवारले धानिसकेका छन् । ‘बुबा बुद्धकृष्णले ९ पल्ट, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाएर संस्कृति धानिसक्नुभयो,’ उनले भने, ‘उहाँहरुले जोगाउनुभएको संस्कृति बचाउने जिम्मेवारी मेरो काँधमा आएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)