मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

abhiyandaily.com

काठमाडौं (अस) । स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र मुक्तिनाथ विकास बैंकबीच सम्झौता गरिएको छ । स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौतामा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरे ।

एससीटी नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुसार विद्युतीय कारोबारलाई बढावा दिने उद्देश्यले सञ्चालित कम्पनी हो । दुई संस्थाबीचको सहकार्यबाट डिजिटल इकोसिस्टममा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)