इंग्ल्याण्डको विश्वकपमा दोस्रो जित, च्याम्पियन्स ट्रफिको आशा जिवितै
neplays.com
आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको जारी विश्वकपमा दोस्रो जित निकालेको हो । जितसँगै तालिकामा ४ अंक बनाएको इंग्ल्याण्ड सातौं स्थानमा उक्लिएको छ ।
अब अन्तिम खेलमा पनि इंग्ल्याण्डले जित निकाल्न सकेमा अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्ने छन् । त्यसका लागि तालिकाको ८ औं स्थानमा रहन अनिवार्य छ । ८ टिमले खेल्ने प्रतियोगितामा घरेलु टोलीको रुपमा पाकिस्तान स्वत: छनोट हुने भएकाले अरु विश्वकपमा सातौं स्थानसम्म रहने टिमले प्रतिस्पर्धा गर्न पाउने छन् । पाकिस्तान ८ भित्रै रहेकाले आठौं स्थानमा रहने टिमले च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)