'नेपालसँग मिलेर काम गर्न चीन इच्छुक छ'
ekantipur.com · Thu Jun 30 01:06:22 GMT 2022
बेइजिङ — चीनले नेपालसँग द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि मिलेर काम इच्छुक रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयले बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ जतिसक्दो चाँडो चीन आउने प्रतीक्षा गरिरहेको बताउँदै यस्तो बताएको हो ।
परराष्ट्र प्रवक्ता चाउ ली च्येनले नवनियुक्त नेपाली राजदूतलाई स्वागत गर्न इच्छुक रहेको बताए । उनले नवनियुक्त राजदूतको आगमनसँगै विगतमा दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन हुने अपेक्षा गरेको बताए । उनले भने, ‘दुई देशका नेताहरूले गरेका महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक विश्वासलाई गहिरो बनाउन, आपसी हितकारी सहयोगको प्रवर्द्धन गर्न र द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि नेपाली पक्षसँग मिलेर काम गर्न चीन इच्छुक छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)