मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीवी राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गर्थे

barnanmedia.com · Thu Jul 18 22:18:43 UTC 2024

सहकारी बचतकर्ताको रकम अपचलन गरेर फरार भएका जीवी राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गरेको खुलासा भएको छ।

जीवी नेताहरूको जन्मदिनमा केक बोकेर पुग्ने गरेको समेत संसदीय छानबिन समितिले पत्ता लगाएको छ।गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष समेत रहेका राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गरेको ​र नेताहरूको जन्मदिनमा केक बोकेर पुग्ने गरेको खुलासा भएको हो।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका​ सदस्य ​सांसद लेखनाथ दाहालले बिहीबार सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा प्रधान सम्पादक, सम्पादक र सञ्चारकर्मीसँगको छलफलका क्रममा यस्तो खुलासा गरेका हुन्। ​

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)