गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
nagariknews.nagariknetwork.com · Fri Jul 03 06:11:06 GMT 2026

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रूपमा चासो र चर्चा कमाएको छ। हेटौँडाको दर्शनीयस्थलका रुपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ।
विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रूपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि पनि यो नछुटाउने गन्तव्यजस्तै बनिरहेको स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपानेले बताए। विशेषतः सार्वजनिक विदाका दिनमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको जानकारी दिँदै उनले नयाँ वर्षको दिनमा त यहाँ ३० हजारसम्म पर्यटक आउने गरेको बताए। “पछिल्ला समयमा यो स्मारक नेपालकै गौरव र हेटौँडाको पहिचान बनिरहेको छ”, उनले भने, “बढ्दो पर्यटकीय आकर्षणसँगै पूर्वाधार विकासलाई पनि उच्च प्राथमिकतामा राखेर कामहरू अघि बढाइएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)