मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री भेट्न लुम्बिनीका सबै मन्त्री काठमाडौंमा

ekantipur.com · Sat Aug 10 23:52:19 UTC 2024

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री यति बेला काठमाडौंमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संघीय सरकारबाट कटौती भएको समानीकरण अनुदान माग गर्न उनीहरू काठमाडौं हिँडेका हुन् । बुधबारदेखि कुरिरहेका उनीहरूले प्रधानमन्त्री ओलीलाई भेट गर्ने समय भने आइतबारका लागि मात्र पाएका छन् ।

शुक्रबार साँझ ४ बजेका लागि तोकिएको भेटको समय प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित भएपछि दुई दिन सरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)