स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा नेपाल
barnanmedia.com · Sat Aug 10 23:56:04 UTC 2024

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविनकुमार नेपाल नियुक्त हुनुभएको छ । उहाँले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्ट च्वाइस टेक्नोलोजिजका सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो । विगत २० वर्षदेखि डिजिटल भुक्तानी सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैंकिङ र अन्तरबैंक भुक्तानीका सेवा प्रदान गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)