कोशी प्रदेशको बजेट विवाद : मन्त्रीहरूले ४० प्रतिशतसम्म बजेट फिर्ता गर्ने कार्यदलमा सहमति
ratopati.com · Fri Jul 03 06:24:16 GMT 2026

विराटनगर । कोशी प्रदेश सत्तापक्ष बिचमै लामो समयदेखि चल्दै आएको बजेट विवाद समाधानको लागि ६ सदस्यीय कार्यदलमा सहमति भएको छ। मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित गरेको बजेट कटौती गरेर अन्य निर्वाचन क्षेत्रहरूमा सन्तुलन मिलाउने गरी कार्यदलमा सहमति जुटेको हो।
नेकपा एमालेका सांसद एकराज कार्कीका अनुसार, रातो किताबमा मन्त्रीहरूका क्षेत्रमा गएका बजेटहरू मन्त्रीहरूले नै समर्पण (फिर्ता) गर्ने र त्यसलाई कम बजेट परेका क्षेत्रहरूमा वितरण गर्ने सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)