मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्री ओली स्काउट मेधावी पदकबाट विभूषित

rajdhanidaily.com · Thu Apr 14 23:18:52 GMT 2022

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्काउटको मेधावी पदकबाट विभूषित गरिएको छ ।

काठमाडौंमा बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष ओलीलाई पदकबाट विभूषित गरेकी हुन् । विश्व स्काउटका पदाधिकारी उपस्थित कार्यक्रममा स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ले सुशोभित गरिएको हो । प्रत्येक वर्ष विश्व स्काउटको एसिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्वप्रधानमन्त्री ओलीलाई प्रदान गरिएको स्काउटले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)