मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लम्पी स्किनका कारण साढे ३ महिनामा २५ हजार पशुको मृत्यु

onlinekhabar.com · Thu Jun 29 00:36:34 GMT 2023

१४ असार, काठमाडौं । लम्पी स्किन रोगको संक्रमणका कारण साढे तीन महिनामा २५ हजार भन्दा बढी पशुको मृत्यु भएको छ । २०७९ चैतमा देखिएको उक्त संक्रमण असार दोस्रो सातासम्म मुलुकको ७६ जिल्लामा फैलिएको छ । संक्रमणले २५ हजार ४०८ पशुको मृत्यु भएको मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख ८२ हजार ८० पशुपंछी संक्रमित भएकामा ४ लाख ९ हजार १७५ पशु निको भएको र अझै २ लाख ४७ हजार ४९७ पशुमा संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो केही दिनदेखि संक्रमणदर केही घट्दै गएको पनि मन्त्रालको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)