मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राउल जिमिनेजको गोलमा आयोजक मेक्सिकोको अग्रता दोब्बर

ratopati.com · Thu Jun 11 20:39:06 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २–० को बलियो अग्रता लिएको छ । खेलको ६७औँ मिनेटमा स्टार स्ट्राइकर राउल जिमिनेजले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका हुन् ।

यसअघि खेलको ९औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ५०औँ मिनेटमा दक्षिण अफ्रिकाका मिडफिल्डर याया सिथोले ‘रातो कार्ड’ पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको दक्षिण अफ्रिकाविरुद्ध मेक्सिको थप आक्रामक देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)