अभावमा हुर्किएका भण्डारी पहिलो प्रयासमै बने शाखा अधिकृत
rajdhanidaily.com · Mon Oct 02 01:11:30 GMT 2023
जुम्ला । बाबु सरकारी जागिरे । जीवन सुरक्षित बनाउन सरकारी जागिर नै गर्नुपर्छ भन्ने सोच राख्ने जुम्लाको एक परिवारमा जन्मिएका थिए, दीपेन्द्र भण्डारी । परिवारको यही प्रोत्साहनका कारण २६ वर्षका दीपेन्द्र भण्डारी आफूलाई लोकसेवाको परीक्षामा अब्बल साबित गर्दै शाखा अधिकृत बनेका छन्, त्यो पनि पहिलो प्रयासमै ।
गुठिचौर गाउँपालिका–५ का यिनै दीपेन्द्र सानैदेखि तीक्ष्ण विद्यार्थी थिए । कक्षामा सधैं टप टेनभित्रै पर्थे । स्कुलमा एकसरो पढेकै उनका लागि पर्याप्त हुन्थ्यो । कहिल्यै घरमा ध्यान दिएर पढेको उनलाई सम्झना छैन । एसएलसी जुम्लाको कनिका निशा माविबाट उत्तीर्ण गरेपछि ११÷१२ मा विज्ञान पढ्न थाले ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)