मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायिका आस्था राउतले ल्याईन ‘लै बरी लै’

rajdhanidaily.com · Mon Oct 16 00:13:02 GMT 2023

काठमाडौं । लामो समयपछि गायिका आस्था राउतले नयाँ गीत लै बरी लै…दर्शकमाझ ल्याएकी छिन् । घटस्थापनाको साइत पारेर उनले यो गीत आईतबार आफ्नै आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतमा सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत छ भने किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शकको साथ पाउने विश्वास व्यक्त गरेकी छिन् । यो गीत मात्र नभएर मेरा प्यारा दर्शकलाई सन्देश पनि हो,’ आस्थाको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)