शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड
nepalnews.com · Wed Nov 05 03:58:05 GMT 2025

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिए।
चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा उनले विश्व राजनीतिमा देखिएको प्रभुत्वको प्रतिरोध तथा एकाधिकारविरुद्ध सहभागिताको मार्ग पहिल्याउन आवश्यक भएको बताए ।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेका बेलासमयको परिवर्तनलाई पहिचान गर्दै नेपालमा जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई एमालेले अँगालेको जानकारी नेता रिजालले दिए।
साथै उनले चिनियाँ विशेषतासहितको समाजवादी यात्राको सराहना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)