कोरोना सङ्क्रमणमुक्त भयो पर्वत
lokaantar.com · Wed Mar 09 16:58:32 GMT 2022
पर्वत कोरोना सङ्क्रमणमुक्त भएको छ । सङ्क्रमित सबै मुक्त भएसँगै जिल्ला सङ्क्रमण शून्य जिल्ला बनेको हो । पहिलो, दोस्रो र तेस्रो लहरमा सङ्क्रमित भएकामध्ये सबै सङ्क्रमणमुक्त भएपछि जिल्ला नै कोरोनामुक्त बनेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
आज थप दुई जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणको सङ्ख्या शून्य भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तेस्रो लहरमा सङ्क्रमित भएका ८१४ जनामध्ये सबै मुक्त भएका छन् । तेस्रो लहरमा एक हजार ६५७ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर परीक्षणमा २८ जना र एन्टिजेन परीक्षणबाट ७८६ जनामा पोजेटिभ देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)