एड्भान्स्ड कलेजद्वारा इन्डिपेन्डेन्ट पावर प्रोड्ययुसर्ससँग सम्झौतापत्रमा हस्ताक्षर
karobardaily.com · Sat Mar 20 17:40:11 GMT 2021
एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । काठमाडौंको नक्सालस्थित होटल म्यारियोटमा आयोजित एक समारोहका बीच एड्भान्स्ड कलेजका तर्फबाट अध्यक्ष रमेश सिलवाल तथा आईपीएएनका तर्फबाट कृष्णप्रसाद आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा दुवै निकायका समूहबीच विद्यार्थी र औद्योगिक प्रतिष्ठानका हितमा कसरी सहकार्य गर्ने भन्ने विषयमा उल्लेख गरिएको छ ।
संस्थाका अध्यक्ष कृष्ण आचार्यले यस किसिमको सहकार्यबाट सहयात्रीहरूलाई लामो सहयात्राका क्रममा कसरी सहयोग गर्छ भन्ने विषयमा चर्चा गरे । संगठित सहकार्यलाई बढवा दिन विश्वविद्यालय तथा अन्य विभिन्न संस्थासँग अनुसन्धानका लागि आवश्यक पर्ने स्रोतसाधन हुनुपर्ने उल्लेख गर्दै एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले यसबाट उनीहरूले आफ्ना अनुसन्धानका क्षेत्रलाई विविधीकरण गर्न सक्षम हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)