मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक सञ्जाल नियमनमा आयोगको महत्वाकांक्षी योजना : दल तथा उम्मेदवारले सामाजिक सञ्जाल खाता विवरण आयोगमा बुझाउनुपर्ने

nayapatrikadaily.com · Mon May 02 00:33:00 GMT 2022

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा आचारसंहिताविपरीत सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि निर्वाचन आयोगले यसको नियमनमा महत्वाकांक्षी योजना बनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग नगर्न आयोगले सबैलाई ‘कडा’ चेतवानीसमेत दिएको छ । आयोगले साइबरविज्ञसहितको कार्यदलमार्फत सामाजिक सञ्जालको नियमनको काम गरेको छ ।

शीर्ष नेता तथा राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको माध्यमबाट एक–अर्काको चरित्र हत्या गर्ने, गलत सूचना सम्प्रेषण गर्ने, दुष्प्रचार गर्ने तथा सामाजिक द्वेष फैलाउने अभिव्यक्ति दिन थालेको आयोगको संकेत छ । पटक–पटक सचेत गराउने, स्पष्टीकरण सोध्ने गरे पनि विशेषगरी सामाजिक सञ्जालको प्रयोगबाट आचारसंहिता उल्लंघनका घटना नरोकिएपछि आयोगले कठोरतापूर्वक अगाडि बढ्ने योजना बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)