मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकसेवाको अवरुद्ध विज्ञापन खोल्न सर्वोच्चको आदेश

nayapatrikadaily.com · Wed Nov 30 00:20:00 GMT 2022

थारूका लागि ६.६ प्रतिशत क्लस्टर नछुट्याई लोकसेवा आयोगले विज्ञापन आह्वान गरेपछि विरुद्धमा परेको रिटमाथि दिएको अन्तरिम आदेश सर्वोच्चले खारेज गरेको छ । योसँगै अवरुद्ध विज्ञापन खोल्न आयोगलाई बाटो खुलेको छ ।

थारू क्लस्टर नछुट्याई आयोगले विज्ञापन आह्वान गरेको भन्दै थारू कल्याणकारिणी सभाका तर्फबाट सर्वोच्चमा रिट परेको थियो । यसउपर २० कात्तिकमा अन्तरिम आदेश जारी भएपछि उक्त आदेश खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सचिव मधुकुमार मरासिनीले भ्याकेट दर्ता गराएका थिए । उक्त भ्याकेटउपर प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा सुनुवाइ भएकोमा पहिलेको आदेश खारेज गर्ने आदेश भएको हो । विज्ञापनअनुसारको पदपूर्ति नहुँदा सार्वजनिक सेवा प्रवाहमा असर गर्ने भन्दै आदेश खारेज गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)