सेनाले बनायो नारायणहिटीमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक
lokaantar.com · Mon Jan 09 17:35:45 GMT 2023
नेपाली सेनाले ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ को अवसरमा नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरको हाताभित्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नवनिर्मित पूर्णकदको उक्त शालिकको आज विशेष समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गरे । अनावरण समारोहमा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतलगायत सकल दर्जाहरूको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)