मास्क नलगाउनेलाई कारबाही हुने, भीडभाड गरेर होली खेल्न नपाइने
Ujyaaloonline.com · Thu Mar 25 01:10:20 GMT 2021
काठमाण्डाै - कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव र भीडभाड नगर्न तथा मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् ।
काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सार्वजनिक स्थलमा हिँडडुल गर्दा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही हुने चेतावनी दिएका छन् । यस्तै होली पर्वलाई घरभित्रै सीमित गर्न आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)