बाघ मारेपछि सकियो बाघजात्रा (फोटो फिचर)
ekagaj.com · Wed Sep 06 16:12:14 GMT 2023
पोखरा - खेलकुदका कार्यक्रमले भरिभराउ हुने पोखरा रंगशालामा बुधबार छुट्टै रौनक थियो । नेवारी पोशाकमा सजिएकाहरुले रंगशालाको पश्चिमी भेग भरिभराउ थियो । उनीहरुको बाक्लो उपस्थिति हुनु स्वभाविक नै थियो । किनभने बुधबार नेवार समुदायले मनाउने बाघ जात्राको अन्तिम दिन थियो । रंगशालामा जात्राको समापन गर्ने निर्णय भए अनुसार बाघ मारेको हेर्न उनीहरु जम्मा भएका थिए ।
१८ गतेदेखि नगर परिक्रमा गर्दै पोखरा जात्राको टोली बुधबार करिब ५ बजेतिर रंगशाला पुग्यो । जात्रामा राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरु, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरु) र प्रजा लगायत अन्यपात्र समावेश थिए । केही समय औपचारिक कार्यक्रम भयो । ६ बजेतिर यमराजको प्रहसन सुरु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)